महसंघको साख जोगाउनका लागि मेरो उम्मेदवारी हो : लिलेन्द्र प्रधान
वि.सं.२०७९ चैत २ बिहीवार १६:३५
3.72K
shares
shares

काठमाडौं, २ चैत । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले नीतिगत सुधारका लागि महासंघको कार्यसमितिको सदस्यमा उम्मेदवर दिएको बताएका छन् । बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै प्रधानले अहिले महासंघको साख खस्केको भन्दै यो साखलाई जोगाउनका लागि आफू लाग्ने उनले बताए ।
नेतृत्व माहुरीजस्तो हुनु पर्ने बताएका प्रधानले सबैको सहयोगले आफू विजयी भएको महशुस गरेको उनको भनाइ छ । ‘म उमेशलाल श्रेष्ठको प्यानलमा रहेको छु, समस्याको समाधान गर्न यो टिम सक्षम छ,’ उनले भने ।


















