Dhulikhel Eco Banner new

सरकार गम्भीर छ, जनतालाई काम गरेर देखाउँछौं : मन्त्री भण्डारी

5.88K
shares

काठमाडौं, १८ चैत । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर भएर काम गर्ने बताएका छन् ।

शनिवार ललितपुरको बाँडेगाउँ स्थित कृष्णप्रसाद भट्टराईको आश्रममा माल्यार्पण गर्न पुगेका मन्त्री भण्डारीले चुनाव अघि बनेको गठबन्धन प्राकृतिक भएको बताउँदै गठबन्धन सरकारले स्थायित्व दिने जिकिर गरे । उनले प्रधानमन्त्री देखि धेरै नेताले जनतालाई काम गरेर देखाउनुपर्ने महसुस गरेको भन्दै सरकारले काँही पनि खेँलाचि गर्ने ठाउँ नभएको र गठबन्धनको स्थायित्व पनि त्यसैमा टिकेको बताए ।

‘डेलिभरी बिना अब नेपाली जनताले हामिलाई स्वीकार गर्ने अवस्था छैन्। यो सबैले महसुस गरेको हुनाले मलाई के लाग्छ भने त्यो जिम्मेवारी र कर्तव्य बोधले गर्दा हामि डेलिभरी नै दिन्छौं । यो सरकारलाई टिकाउने र स्थायित्व दिने भनेकै हाम्रो पर्फमेन्स र डेलिभरी हुन्छ, त्यसमा हामि गम्भीर छौं ।’

उनले श्रम क्षेत्रमा देखिएका समस्यको समाधान गर्नु आफ्नो प्राथमिकतामा रहेको भन्दै श्रम क्षेत्रलाई अत्यन्तै मर्यादित र सम्मानित क्षेत्र बनाउने बताएका छन् ।