मैले दिएको बचनबाट दायाँबायाँ गरेको छैन : रक्षामन्त्री खड्का
वि.सं.२०७९ चैत १८ शनिवार १६:१४
shares

काठमाडौं, १८ चैत । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिन भनेर दिएको बचन भङ्ग नगरेको बताएका छन् ।
शुक्रवार पदभार ग्रहण गरेका उनि शनिवार बिहान बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगेका थिए । उनले मन्त्री बन्दीन भनेर गरेको सार्वजनिक टिप्पणीप्रति सामाजिक सञ्जालमा आलोचना भैरहेको बेला आफूले दिएको बचन दायाँबायाँ नगरेको बताएका हुन् ।
खड्काले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी लिएर पटक पटक मन्त्री बनेकाले मन्त्री बन्ने हैन बनाउने अभियानमा लाग्छु भनेर मन्त्री खाँदिन भनेको स्पष्ट पारे । पछिल्लो सात वर्षमा नेताहरुले मन्त्रीका लागि प्रस्ताव गर्दा लालचा नदेखाएको भन्दै सभापतिले नै विस्वास गरेकाले अहिले उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी लिएको बताउँदै उनले आफ्नो भनाइको बचाउ गर्दै भने,‘अहिले म मन्त्री मात्र बनिरहेको छैन, अहिले म मुलुकको उपप्रधानमन्त्री छु भन्ने कुरा मेरा शुभचिन्तकहरु, साथीहरू, सामाजिक सञ्जालमा मेरा बारेमा टिप्पणी गर्ने सबै मित्रहरुलाई स्पष्ट पार्न चाहन्छु म मन्त्री मात्रै बन्थिनँ ।’
उनले पटक पटक मन्त्री भैसकेकाले फेरि मन्त्री नबन्ने भन्दै यसअघि सार्वजनिक कार्यक्रमहरुमा बोलेको स्वीकार्दै त्यस्ता कार्यक्रममा उपप्रधानमन्त्री बन्दिन भनेर कहिले नभनेको बताए । उपप्रधान तथा रक्षामन्त्री नभपाएर साझा मन्त्री मात्रै पाएको भए आफू अहिलेको सरकारमा सहभागी नहुने उनको धारणा थियो ।
‘मैले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भनेको हो, यो कुरामा म अहिले पनि अडिग नै छु ।


















