Dhulikhel Eco Banner new

खेलकुद जीवनको एउटा महत्वपूर्ण अङ्ग हो : अध्यक्ष नेपाल

4.75K
shares

काठमाडौं, १८ चैत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खेलकुद जीवनको एउटा महत्वपूर्ण अङ्ग भएको बताए ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको दोश्रो बागमती प्रदेश खेलकुद जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद पनि शिक्षा जति कै आवश्यक भएको भन्दै खेलकुद प्रतियोगितालाई अघि बढाउन पहल गर्न आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘खेलकुद पनि हाम्रो जीवनको अङ्ग हो शिक्षा जति आवश्यक छ, त्यसैगरि खेलकुद पनि आवश्यक छ, त्यस हुनाले खेलकुद प्रतियोगिता अघि बढाउनका लागि तपाईहरुले जुन पहल गर्नु भएको छ । यसबाट उत्कृष्ट खेलाडीको चयन पनि गर्नुहुनेछ ।’

उनले प्रतियोगिताको मार्फत भक्तपुर जिल्लाले राष्ट्रको निम्ति अन्तराष्ट्रिय क्षेत्रमा पनि नाम कमाउने किसिमका खेलाडी तयार पार्न सक्ने भन्दै योग्य खेलाडीको निमार्ण गर्ने काममा सफल हुनु शुभकामना पनि दिएका छन् ।