Dhulikhel Eco Banner new

शेयर बजार ओरालो लाग्ने क्रम जारी, कारोबार रकम पनि भएन सुधार

5.33K
shares

काठमाडौं, १७ वैशाख । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक ओरालो लागेको छ । पछिल्लो समय लगाता रुपमा घटिरहेको शेयर बजार आइतबार पनि दोहोरो अंकले घटेको हो ।

आइतबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९ दशमवलव ११ अंकले घटेर १८७० दशमलव ६५ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार हुन सकेन् । आज २७१ कम्पनीका ३२ लाख ६ हजार ४५० कित्ता शेयर २४ हजार ३९३ पटक किनबेच हुँदा ९५ करोड ४३ दाख २२ हजार ३७७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आइतबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आइतबारको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स २ दशमलव ९५ अंकले घटेर ३५८ दशमलव १४ विन्दुमा पुगेको छ ।