Dhulikhel Eco Banner new

एनओसि दिन बन्द गर्नुभन्दा विश्वविद्यालय राम्रो बनाउनु राम्रो हुन्छ : प्रदिप पौडेल

4.19K
shares

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले एनओसि दिन बन्द गर्नुभन्दा विश्वविद्यालय राम्रो बनाउनु राम्रो हुने बताएका छन् । उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे आयोजित अन्तक्रिया कार्यक्रममा पौडेलले यस विषयमा बोलेका थिए ।

उनले त्रिभुवन विश्वविद्यालयले समयमा परिक्षा समयमै नतिजा प्रकाशन गर्यो भने मात्रै पनि उच्च शिक्षा हाँसिलका लागि विदेश जाने विद्यार्थीको संख्या घट्ने बताए । उनले भने, वर्षभरिमा पढाउन पर्ने जति पढाउँने, समयमा नतिजा प्रकाशन हुने हो भने एनओसि लिन जति सहज भए पनि धेरै कम विद्यार्थी मात्रै एनओसि लिन जान्छन् ।’

यसरी नै मान्छे बाहिर जाने हो भने देश राम्रो नहुने र नेपालको शैक्षिक संस्थाहरुले आफु मात्रै अगाडि बढेको उनको भनाइ छ । उनले कोहि पनि विदेश रहरले जानेहरु नरहेको त्यसैले कसैको एनओसि कसैले रोक्न नमिल्ने उनको भनाई छ ।