Dhulikhel Eco Banner new

शिवश्री हाइड्रोपावर २९ करोड नोक्सानीमा

4.91K
shares

काठमाडौं, ५ जेठ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवश्री हाइड्रोपावर लिमिटेड रू. २८ करोड ९० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।

कम्पनीले बिहीवार सार्वजनिक गरेको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो त्रैमाससम्मको तुलनामा यो त्रैमासमा खुद नोक्सानी बढेको हो । अघिल्लो त्रैमाससम्म कम्पनी रू. १८ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

यो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट रू. १७ करोड ९२ लाखभन्दा बढी आम्दानी गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीले रू. १३ करोड १३ लाखभन्दा बढीको विद्युत् विक्री गरेको थियो । विद्युत् विक्री आम्दानी बढेपनि कम्पनीको ब्याज खर्च र ह्रास कट्टी बढेकाले खुद नोक्सानीमा वृद्धि भएको हो ।

अघिल्लो त्रैमाससम्म रू. १९ करोड ६० लाखभन्दा बढी ब्याज खर्च गरेको कम्पनीले यो त्रैमाससम्म रू. २७ करोड ७५ लाखभन्दा बढी ब्याज खर्च गरेको छ । त्यस्तै अघिल्लो त्रैमाससम्म रू. ७ करोड ९८ लाखभन्दा बढी हस कट्टी गरेको कम्पनीले यस त्रैमाससम्म रू. १३ करोड ३३ लाखभन्दा बढी ह्रास कट्टी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड ६४ लाख रहेको छ । जगेडा कोष रकम भने रू. २७ करोड ६ लाखभन्दा बढी ऋणात्मक रहेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १६ करोड १९ लाखभन्दा बढी ऋणात्मक थियो ।

कर्जा रकम भने अघिल्लो त्रैमासको भन्दा यो त्रैमासमा कम भएको छ । अघिल्लो त्रैमाससम्म रू. ३ अर्ब ९९ करोड ७५ लाखभन्दा बढी रहेको कर्जा रकम यो त्रैमाससम्म रू. ३ अर्ब ९३ करोड ६६ लाखभन्दा बढी रहेको छ ।