Dhulikhel Eco Banner new

रेशम चौधरीको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियो : सचिव ज्ञावली

3.65K
shares

काठमाडौं, १६ जेठ । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले रेशम चौधरीको रिहाईले पीडित परिवारले गणतन्त्रलाई हेर्ने नजर असन्तुष्टजनक भएको बताएका छन् । मंगलवार गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टचारिलाई जेलको कठघरामा ल्याउनु पर्ने बताए ।
‘ हिजो मात्र रेशम चौधरी रिहा हुनुभयो तर हामीले गणतन्त्र दिवस मनाईरहँदा भालाले रोपेर मारीएको ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै अशन्तुष्ट भयो होला । भ्रष्टाचारीलाई जेलको कठघरामा ल्याउन पर्छ । गणतन्त्र कुनै भ्रष्टाचारलाई जोगाउने खास्टो बन्न सक्दैन । देशको उच्च पदमा रहेका मानिसहरु आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर शरणार्थी बनाउँन गृह मन्त्रालयमा बसेर प्रतिवेदन साटफेर गरेर यस्तो काम गर्ने भ्रष्टाचारको विषयमा डर लाग्दो कुरा हो । ’
उनले एमाले भ्रष्टाचारको काण्डमा अनुसन्धान गर्न सधैँ अगाडि बढ्न तयार भएको बताए । आफ्नै पार्टीको नेता परेको छ भने पनि जुन औलामा विष लागेको छ त्यहि काटेर फालिन्छ तर सिङ्गो शरिर समाप्त हुन दिन नसक्ने उनको भनाई छ ।