महालक्ष्मी विकास बैंक २८औँ वर्षमा, मैतिदेवी शाखाले यसरी मनायो वार्षिकोत्सव (फोटो फिचरसहित)
वि.सं.२०७९ जेठ ७ शनिवार १२:३७
shares

काठमाडौं, ७ जेठ । महालक्ष्मी विकास बैंक शाखा कार्यालय मैतिदेवीले शाखाले रक्तदान कार्र्यक्रम गरेको छ । बैंकको २८ औं बार्षिक उत्सबका अवसरमा शाखाले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
उत्कृष्ट सेवा दिने प्रतिवद्धताका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको मैतिदेवी शाखाका प्रबन्धक ऋषिकेश नेपालले जानकारी दिए । बार्षिक उत्सबका अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
शाखाले शुक्रबार वृक्षारोपण समेत गरेको शाखा प्रबन्धक नेपालले जानकारी दिए । “एक शाखा एक वृक्षः हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ शुक्रबार वृक्षा रोपण गरिएको थियो ।























