प्रभु महालक्ष्मीको एक हुने तयारी अन्तिम चरणमा, प्राधिकरणले दियो स्वीकृति
वि.सं.२०८० जेठ ३० मंगलवार ०९:५४
shares
महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराई र प्रभु लाइफका सीईओ सन्तोष प्रसाईं
काठमाडौं, ३० जेठ । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभिनका लागि लगभग सम्पूर्ण तयारी पुरा गरेका छन् । चालु आर्थिक वर्षभित्रै एकिकृत कारोबार सुरु गर्ने गरी यि दुई कम्पनीहरुले मर्जरको आन्तरिक तयारी (मर्जर अघि गर्नु पर्ने गृहकार्य) लगभग सकेका छन् ।
यि दुई कम्पनीहरु मिलेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बन्दैछ । मर्जरका लागि सोमबारमात्रै नियामक निकाय बीमा प्राधिकरणले समेत अन्तिम स्वीकृति दिएको छ । अब कम्पनी रजिष्ट्रार कार्यालयले पनि दुई कम्पनीलाई एक हुन अनुमति दिनेछ । त्यस लगत्तै यि कम्पनीहरुले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार सुरु गर्नेछन् ।
अहिले महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका रमेशकुमार भट्टराई बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । बीमा कम्पनीहरुकै पहिलो नेपाली सीईओ समेत रहेका भट्टराईको सक्रियता आजका दिनमा पनि लोभलाग्दो छ । यी दुई कम्पनीहरुले मर्जर अगाडि पनि सबैको ध्यान खिच्ने काम गरिरहेका छन् ।
मर्जरको तयारीमा रहदै गर्दा नै दुई कम्पनीहरुले २०८० सालको संयुक्त क्यालेण्डर सार्वजनिक गरेका थिए । अर्को तर्फ मर्जर भएपछि धेरैको रोजगारी गुम्छ । प्रधान कार्यालयसहित शाखा कार्यालयहरु समेत मर्ज हुने हुँदा मर्जरले धेरैको रोजिरोटी नै खोजिने खतरा हुन्छ ।
अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुले कर्मचारी बिदा गर्न भिआरएस लगायतको अफर समेत गर्ने गरेका छन् । यि दुई कम्पनीले भने कर्मचारी बिदा गर्ने होइन बोरु नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । गत आइतबारमात्रै यि दुई कम्पनीले पूर्वदेखि सुदुरपश्चिमसम्मका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छन् ।
















