Dhulikhel Eco Banner new

खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री मेलम्चीमा

4.82K
shares

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुगेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निरिक्षणका लागि पुगेका प्रधानमन्त्रीसंगै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, खानेपानी मन्त्री महिन्द्र राय यादव , बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेललगायत सहभागि छन् ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेपनि बर्खा सकिएलगत्तै मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो। विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो। विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो। मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको हो ।