समस्याग्रस्त सहकारी समस्या समाधान हुँदैछ : मन्त्री श्रेष्ठ
वि.सं.२०८० असार १२ मंगलवार १४:११
shares

काठमाडौं, १२ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले सरकारले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनको काम थालेको बताएकी छिन् ।
आज प्रतिनिधि सभामा सांसद प्रेम सुवालले उठाएको प्रश्नहरुको जवाफ दिदैँ उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म १२ वटा समस्याग्रस्त सहकारी मध्ये दुई वटा सहकारीको समस्या समाधान गरिसकेको जानकारी दिइन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्या समाधान गर्ने काम अघि बढाएको बताएकी उनले सरकारले चाडैँ आवश्यक निर्णय लिने बताइन्।
उनले भनिन्, ‘समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले कार्य अगाडि बढाई रहेको जानकारी गराउन चाहान्छु । खराब सहकारीको विषयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आवश्यक खर्च गरिरहेको छ, हालसम्म १२ वटा समस्या ग्रस्त सहकारी मध्ये दुई वटा सहकारीको समस्या समाधान पनि भईसकेको छ । अन्य पनि समाधान हुदैँ जाने क्रममा रहेको छ । ’


















