Dhulikhel Eco Banner new

‘फेकोनमा शुद्धिकरण जरुरी छ, सर्वोपरी हितका लागि हाम्रो नेतृत्व चाहिन्छ’

6.42K
shares

काठमाडौं, २२ असार । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकोन) को अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका प्रज्वल बस्नेतले स.स्थाको शुद्धिकरणका लागि आफू र आफ्नोको प्यानलको उम्मेदवारी रहेको बताएका छन् । नयाँ नेतृत्वका लागि शनिबार हुने चुनावमा प्यानलसहित उम्मेदवारी दिएका बस्नेतले संस्थालाई नियम, कानून र विधि–विधान अनुसार चलाउनु पर्ने बताए ।

संघको आत्मनिर्णय तथा सर्वोपरी हितका लागि संस्थालाई विधान अनुसार चलाउनु आजको आवश्यकता रहेको भन्दै उनले आफ्नो प्रमुख एजेण्डाहरु भनेको शैक्षिक परामर्श दाताहरुको हक हित र संघको शुद्धिकरण रहेको बताएका छन् । यसका लागि सबै मतदाताले आफ्नो प्यानलाई बहुमतले जिताउन उनले आग्रह गरेका छन् ।