धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स
वि.सं.२०८० साउन ६ शनिवार ०९:१२
4.64K
shares
shares

काठमाडौं, ५ साउन । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । बोर्डको साउन ४ गतेको निर्णयानुसार ती कम्पनीलाई लाइसेन्स दिएको हो ।
योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ।
बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, एनएमबी सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडले लाइसेन्स पाएका छन् ।


















