Dhulikhel Eco Banner new

गुराँस लघुवित्तको नाफा घट्यो, चुक्ता पूँजी १० करोड १४ लाख

5.46K
shares

काठमाडौं, १८ साउन । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। संस्थाले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिको तुलनामा ३१.०७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ८८ लाख रुपैयाँ निक्षेप तथा ८१ करोड ३३ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १७.१४ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १० करोड १४ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा २ करोड ५ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १.४० प्रतिशत बढेको छ।