राष्ट्रिय वाणिज्य बैंक मार्फत विदेशबाट अब निशुल्क मनी ट्रान्सफर गर्न सकिने
वि.सं.२०८० साउन २३ मंगलवार १२:०७
shares

काठमाडौं, २३ साउन । उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आर आर बि रिक्वेस्ट रेमिट बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आर आर बि रिक्वेस्ट रेमिट सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आर आर बि रिक्वेस्ट रेमिट पोेर्टलको सेन्ड रेमिट मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ ।बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।


















