Dhulikhel Eco Banner new

नेष्डो समृद्ध लघुवित्तमा नियम विपरित एमडी

14.09K
shares

काठमाडौं, २४ साउन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा नियम विपरित सिइओ रहेको पाइएको छ । संस्थाको सञ्चालक समितीको प्रबन्ध सञ्चालक रहेका विश्व प्रकाश प्रसाईंले नै एमडिको जिम्वेवारी सम्हालेका छन् ।

संस्थाको वेवसाइटमा समेत उनको फोटो नाम र पद म्यानेजमेन्ट टिम र बोर्ड अफ डिरेक्टर्समा रहेको छ ।

नेपाल राष्ट्र बैंकले केही समय अगाडि बैंक वित्तीय संस्थामा सुशासन कायम गर्न एक निर्देशन जारी गर्दै संस्थाको सञ्चालक समितीमा रहेको व्यक्ति व्यवस्थापन टिममा बस्न नपाउँने उल्लेख गरेको थियो । तर नेष्डो समृद्ध लघुवित्तले भने राष्ट्र बैंकको सो नियमलाई उल्लङ्घन गर्दै सञ्चालन समिती भएको व्यक्ति लाई नै व्यवस्थापन टिममा राखेको छ ।

एमडि प्रसाईं भने नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरे तापनि बैंकको ऐन कानूनमा उक्त कुरा स्पष्ट नभएको दावी गर्छन् । ‘सञ्चालक समिति र व्यवस्थापनमा हुन पाउँदै नपाउँने होइन’ उनी भन्छन्,‘ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा प्रवन्ध सञ्चालक सुशासनका दृष्टिले उपयुक्त मानिने छैन भनेको छ हुदैन भनेको छैन ।’ ऐनमा भएको व्यवस्था रहेको भन्दै उनले नियमावलीले उपयुक्त मानिने छैन भनेर घुमाउरो पारा गरेको कारण नै उनी व्यवस्थापन टिम र सञ्चालक समितिमा रहेको बताए ।

प्रसाईं संस्थाको कार्यकारी अध्यक्ष देखि सिइओ समेत भइसकेका छन् । राष्ट्र बैंकले लिखित रुपमा नै पद छाड्नु भन्ने हो भने आफु एक पद छाड्न समेत तयार रहने उनको भनाइ छ ।

लघुवित्त सुपरिवेक्षण विभिगका कार्यकारी निर्देशक रेवती नेपाल भने यस विषयमा आफु अपडेट नरहेको बताउँछन् । ‘असार मसान्तबाट उहाँको समय सकिएको हो अहिले के छ भन्ने कुरामा म अपडेट छैन ।’

Follow Up

सिवाईसी लघुवित्तमा डोलेन्द्रको रजगज, राष्ट्र बैंक बन्यो मुकदर्शक

सिवाईसी लघुवित्तमा डोलेन्द्रको रजगज, राष्ट्र बैंक बन्यो मुकदर्शक

सिवाईसी लघुवित्तद्वारा नियम कानूनको बर्खिलाप, डोलेन्द्रलाई कसरी मिल्यो राष्ट्र बैंकलाई नटेर्ने हिम्मत ?

सिवाईसी लघुवित्तद्वारा नियम कानूनको बर्खिलाप, डोलेन्द्रलाई कसरी मिल्यो राष्ट्र बैंकलाई नटेर्ने हिम्मत ?