हप्तादिनमै फेरि बढ्यो गाडी भाडा
वि.सं.२०७९ जेठ १० मंगलवार १८:५५
shares

काठमाडौं, १० जेठ । सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । गत जेठ ३ गते मात्रै भाडा वृद्धि भएको थियो ।
विभागले आज जारी गरेको नयाँ भाडा दर अनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा वृद्धि छ । नेपाल आयत निगमले २ दिन अघि मात्रै पेट्रोलको र डिजेलको प्रतिलिटर १०-१० रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।
इन्धनको बजार मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ । यातायात व्यवस्था कार्यलयले भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएपछि स्वाचालित भाडा वृद्धि सुरु भएको हो ।


















