नेपाल लाइफद्वारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना
वि.सं.२०८३ वैशाख २० आइतवार १६:४०
shares

काठमाडौं, २० वैशाख । नेपाल लाइफ इन्स्योरेन्सले २५औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
“लाइफ इज प्रेशस, लेट्स अपलिफ्ट इट टुगेदर” भन्ने नारासहित सञ्चालन हुने कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउन तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको कम्पनीले जनाएको छ।
स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादी स्थित कम्पनीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ। यस्तै, रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजा मा आयोजना गरिनेछ।
यसका साथै सोही दिन देशभरका सातै प्रदेशमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रक्तदानमार्फत मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्य राखिएको छ। कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ।


















