Dhulikhel Eco Banner new

नीति तथा कार्यक्रमले दश महिनामा परिणाम दिने मन्त्री बडूको भनाई

5.04K
shares

काठमाडौं, ११ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारको नीति तथा कार्यक्रम नीति मात्रै नभएर कार्यक्रमगत रुपमा आएको बताएका छन् । मन्त्री बडूले अबको १० वर्षमा परिणाम दिने गरी सरकारको नीति तथा कार्यक्रमले सबैले स्वागत गर्नु पर्ने दाबी गरेका हुन् ।

उनले भने– ‘अहिलेको नीति तथा कार्यक्रम नीतिमा मात्रै नआएर कार्यक्रमगत रुपमा आएको छ । यो नीतिगत मात्रै होइन काम गरेर १० वर्षमा परिणाम देखाउने गरी आएको छ । यसको स्वागत गर्नु पर्छ । यो ठिक कार्यक्रम सहित आएको छ । अहिलको आवश्यकता आयातलाई कम गर्ने हो । आन्तरिक उत्पादन बढाउने हो । रोजगारी बढाउने हो । उत्पादनलाई बढाउनको लागि १० वर्षभित्र परिणाम देखिने गरी कार्यक्रमहरु लिएका छौं ।’

उद्योग मन्त्री बडूले अहिलको आवश्यकता आयातलाई कम गर्ने, आन्तरिक उत्पादन बढाउन र स्वदेशमा रोजगारी बढाउने भएकाले त्यही अनुसार नीति तथा कार्यक्रम आएको जिकिर समेत गरे ।