Dhulikhel Eco Banner new

महाकाली पारीको गाउँ चाँदनी–दोधारामा वित्तीय साक्षरता कार्यक्रम (फोटोफिचर सहित)

बैंक तथा वित्तीय संस्था भनेका राष्ट्र बैंकका दूत हुन् : डा. भट्ट

9.59K
shares

कञ्चनपुर, २ कात्तिक ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंक तथा वित्तीय संस्था भनेका केन्द्रीय बैंकका दूत रहेको बताएका छन् । महाकाली पारीको गाउँको चाँदनी दोधारामा आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्टले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले बनाएका नीति नियमहरु सर्वसाधारणसम्म पुर्याएर बंक तथा वित्तीय संस्थाहरुले दूतको भूमिका निर्वाह गरिरहेको उनले बताए । राष्ट्र बैंकले सर्वसाधारणलाई कसरी सहज रुपमा वित्तीय सेवा दिन सकिन्छ, कसरी मुलुकमा वित्तीय स्थायित्व कायम रहन्छ भनेर काम गर्ने भन्दै उनले आम मानिसलाई वित्तीय रुपमा सचेत गराउनका लागि राष्ट्र बैंकले नीतिगत रुपमै पनि विशेष पहल गरेको बताए ।

बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा लिनु पहिले सेवा बारे जानकारी लिन पाउनु आम सर्वसाधारणको पहिलो अधिकार भएको भन्दै डा. भट्टले वित्तीय सेवाबारे बुझाउने पहिलो दायित्व सम्बन्धित बैंक तथा वित्तीय संस्थाको भएको बताए ।

अन्य शिक्षाहरु भन्दा वित्तीय शिक्षा अझ धेरै महत्वपूर्ण रहेको भन्दै कार्यकारी निर्देशक भट्टले वित्तीय रुपमा सबै साक्षर हुनुपर्ने बताए । आफूसँग भएको रकम बैंक तथा वित्तीय संस्थामा बचत गर्न र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशील बन्न समेत आम नागरिकलाई उनले आह्वान गरेका छन् । ऋण लिइसकेपछि त्यसको सदुपयोगिता निकै महत्वपूर्ण रहेको भन्दै उनले फजुल खर्च नगर्न र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न समेत उनले सुझाव दिएका छन् ।

लघुवित्त वित्तीय संस्था भनेका सफलताका सारथीहरु हुन्

कार्यक्रममा लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादव, संघका सल्लाहकार समेत रहेका युनिक लघुवित्तका कार्यकारी प्रमुख गोपाल दहित र संघका निवर्तमान कार्यबाहक अध्यक्ष मीनबहादुर बोहराले लघुवित्त वित्तीय संस्थाहरुको आवश्यकता र महत्वबारे भनाइ राखेका थिए ।

लघुवित्त वित्तीय संस्थाहरु भनेका सफलताका सारथीहरु भएको भन्दै उनीहरुले केन्द्रीय बैंकको नीति निर्देशन अनुसार सेवा प्रवाह गर्ने बताए ।

हेर्नुस् तस्बिरहरु :