Dhulikhel Eco Banner new

हिमालयन रि–इन्स्योरेन्सको भ्रमको खेति, सर्वसाधारण झुक्याउन विशेष साधारणसभा !

7.12K
shares

काठमाडौं, १२ वैशाख । ठूलो आर्थिक चलखेल गरी सञ्चालन अनुमति पाएको आरोप झेलिरहेको हिमालयन रि–इन्स्यारेन्सले भ्रमको खेति सुरु गरेको छ ।

कम्पनीले आगामी २७ गते विशेष साधारण सभा बोलाएको छ । साधारणसभामा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने बताएको छ । जबकी प्रिमियममा आईपीओ जारी गर्नका लागि कम्पनीले पुर्याउनु पर्ने न्युनतम मापदण्ड समेत पुर्याएको छैन ।

हिमालयन रिले प्रचलित कानून बमोजिम प्रिमियममा आईपीओ जारी गर्नै नपाउनेभए पनि विशेष साधारणसभाको प्रस्तावमा भने उल्लेख गरेको छ । कम्पनी सञ्चालनमा आएको एक वर्ष पनि भएको छैन ।

के छ कानूनमा ?

कम्पनी ऐनको दफा २९ को उपदफा १ मा प्रिमियममा सेयर जारी गर्न सक्ने व्यवस्था रहेको छ । सोही दफाको उपदफा (४) मा भने यस्तो शेयर जारी गर्न तीन वर्षको लेखा परीक्षण भएको विवरण पेश गर्नुपर्ने उल्लेख छ ।

यतिमात्रै होइन धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले पनि प्रिमियममा आईपीओ जारी गर्न केही मापदण्ड तोकेको छ ।

उक्त नियमावलीको २०७३ को दफा ९ को उपदफा २ मा कारोबार गरेको पुरा एक आर्थिक बर्षको लेखापरिक्षण भएको वित्तीय विवरण सार्वजनिक गरेपछि साधारणसभा बोलाउनु पर्छ । साधारणसभाले पारित गरेपछि मात्रै यस्तो गर्न पाइन्छ ।

धितोपत्रको सोही नियमावलीको दफा २५ को क, क १, क २, ख, ग र ‘घ’ मा प्रिमियमममा शेयर निष्कासन गर्ने ब्यवस्था छ । तर यसका लागि पछिल्लो तीन वर्ष खुद मुनाफा भएको हुनु पर्ने, नेटवर्थ बढि हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।

प्रिमियममा निष्काशन गर्ने कुनै पनि क्राईटेरिया नपुर्याएर सर्बसाधारणलाई भ्रममा राख्न र हिमालयन रिका लगानीकर्तालाई झुक्याउन विषेश साधारणसभा बोलाइएको हो ।