‘देशको अर्थतन्त्र मजबुत बनाउन वित्तीय साक्षरता चाहिन्छ’
वि.सं.२०८० मंसिर ११ सोमवार १३:१३
shares

काठमाडौं, ११ मंसिर । अर्थविद् डा. विश्वास गौचनले देशको अर्थतन्त्र बलियो हुन वित्तीय साक्षरता निकै महत्वपूर्ण रहेको बताएका छन् । केटीएम भ्वाइसको संयोजनमा नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रम वित्तीय साक्षरता कुराकानीमा उनले शहरी क्षेत्रमा मात्रै नभई ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम पुर्याउन अति आवश्यक रहेको टिप्पणी गरे ।
‘देशको अर्थतन्त्र बलियो बनाउन वित्तीय साक्षरता आवश्यक पर्छ ।’ उनले भने, ‘यस्तो किसिमका कार्यक्रमहरु हामीले व्यापक रुपमा विशेषगरि शहरी क्षेत्रमा मात्र नभएर ग्रामिण क्षेत्रमा पनि पुर्याउन अति आवश्यक देखिन्छ ।’
पारिवारिक बजेट पनि आवश्यक भएको भन्दै आम्दानी भन्दा खर्च बढि गर्ने शैलीले यसमा असर पारेको उनको बुझाइ छ । ‘नेपाली समाजमा पारिवारिक बजेटको अभ्यास देखिँदैन, पछिल्लो ट्रेन्डमा आम्दानी भन्दा बढि खपत गर्ने प्रवृत्ति देखिन्छ । उनले भने, ‘त्यसले गर्दा थोरै चुनौति देखिएको छ ।’
उनले नेपाल जस्तो मुलुकका लागि पारिवारिक बजेट निकै आवश्यक रहेको बताए ।



















