अन्तरराष्ट्रिय शान्ति सेना दिवस
वि.सं.२०७९ जेठ १३ शुक्रवार १८:४३
4.81K
shares
shares

काठमाडौं , १३ जेठ । नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुराएको योगदानको स्मरण गर्दै आज ‘अन्तरराष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले विश्व शान्ति स्थापनाकार्यमा खटिएदेखि नै प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गरे ।


















