Dhulikhel Eco Banner new

ब्लाक्क एण्ड डेक्करको विन्टर चिल्स, सिज्लिङ डियल्स क्याम्पेन सार्वजनिक

3.34K
shares

काठमाडौं, २८ मंसिर । ११३ बर्षको लामो ईतिहास बोकेको विश्वबिख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले जाडोलाई लक्षित गरेर ‘विन्टर चिल्स, सिज्लिङ डियल्स’ क्याम्पेन सार्वजनिक गर्दै जाडोमा उपयोगी विभिन्न उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ।

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्लाक्क एण्ड डेक्करले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओ.एफ.आर हिटर, पि.टि.सि हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ.टि.जि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ ।

अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक्क एण्ड डेक्करका उत्पादनहरु आधुनिक डिजाईनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ । ब्लाक्क एण्ड डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक्क एण्ड डेक्करका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।