बीमाका लागि रोज्नुस् प्रभु महालक्ष्मीको सर्वश्रेष्ठ आजीवन बीमा योजना
वि.सं.२०८० पुस १ आइतवार २३:०४
shares

काठमाडौं, २७ मंसिर । बीमा आजको आवश्यकता हो । बीमा सबैले गर्नुपर्छ । बीमा त गर्ने, तर कहाँ गर्ने ? तपाईलाई यो प्रश्नले घेरिरहेको छ भने तपाईले एक पटक प्रभु महालक्ष्मीको प्रोडक्ट हेर्न सक्नुहुनेछ । जसले तपाईलाई बीमा कहाँ गर्ने भन्ने समस्याको समाधान निकाल्न सक्छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक आकर्षक बीमा योजना सार्वजनिक गरेको छ । हामीले यहाँ चर्चा गर्न खोजेको प्रभु महालक्ष्मीको सर्वश्रेष्ठ आजीवन बीमा योजना हो । बीमा अवधि समाप्ति पछि पनि निरन्तर आर्थिक जोखिम बहन गर्ने हुनाले कम्पनीले यसको नामाकरण नै ‘सर्वश्रेष्ठ’ छनोट गरेको हो । यसको मूख्य विशेषता बीमा अवधि सकिएपछि पनि जोखिम बहन गर्ने नै हो ।
यस बीमा योजनामा बीमा अवधि भित्र बीमितको असामहिक निधन भएमा बीमाङ्क रकम तथा उक्त अवधिसम्म आर्जीत बोनस इच्छाइएको व्यक्तिलाई एकमुष्ट भुक्तानी हुन्छ भने बीमा अवधि समाप्त पश्चात बीमितको निधन भएमा इच्छाइएको व्यक्तिलाई कमुष्ट बीमाङ्क रकम भुक्तानी हुन्छ । बीमा गरेको व्यक्ति ८४ वर्षसम्म बीमित जीवित रहेमा ८४ वर्ष पुगेको जन्मोत्सवमा बीमितलाई नै एकमुष्ट बीमाङ्क रकम पुनः प्राप्त हुन्छ । यस योजनामा बीमालेख अन्तर्गतको कम्तिमा ३ वर्षको बीमाशुल्क भुक्तानी भई ३ वर्ष पुगे पछि बीमालेख अन्तर्गत ऋण प्राप्त गर्न सक्छन् ।
बीमालेख अवधि समाप्तिसम्म पूर्ण रुपमा चालु रही बीमा अवधि समाप्तिमा बीमाङ्क र आर्जित बोनस प्राप्त गरे पश्चात समेत बीमित ८४ वर्ष नपुगञ्जेल कुनै पनि समयमा समेत ऋण तथा समर्पण सुविधा प्राप्त गर्न सकिने छ ।
के छन् त विशेषता ?
यस बीमा योजनाको मुख्य उद्धेश्य भने युवाहरुमा बीमाको चेतना जगाउनु हो । यो योजनामा न्यूनतम ५० हजारदेखि अधिकतम २५ करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । यो जीवन बीमा योजना ५ वर्ष देखि ३० वषसम्मको अवधि छनोट गर्न सकिनेछ । यस योजनामा बीमा ७० वर्षसम्म सकिनुपर्ने कम्पनीले जनाएको छ ।
सर्वश्रेष्ठ आजीवन बीमा योजनामा बीमाशुल्क भुक्तानी तरिका छनोट गर्न सकिने छ भने यस योजनामा बीमाशुल्क भुक्तानी तरिका छनोटको आधारमा प्रिमियम घटबढ हुनेछ र जस अनुसार अर्धवार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा १ प्रतिशत थप लाग्नेछ । त्यस्तै त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा २ प्रतिशत थप लाग्नेछ भने मासिक बीमाशुल्क भुक्तानी तरिका छनोटमा ३ प्रतिशत थप लाग्नेछ ।
साथै यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छुटको व्यवस्था छ । बीमाङ्क रकम २,००,००१ देखि ५० लाखसम्मका बीमालेखमा ०.२५ प्रतिहजार छुट गरेको छ भने बीमाङ्क रकम ५०,००,००१ देखि माथि बीमालेखमा ०.५० प्रतिहजार छुट गरिएको कम्पनीले बताएको छ ।
के छन् ऐच्छिक सुविधा ?
कुनै पनि बिमितले दुर्घटना हुँदा बीमाङ्क रकम बराबर वा बढिमा १ अर्ब बीमाङ्क सम्मको दुर्घटना मृत्यु लाभ लिन सक्नेछन् । यस योजनामा पूर्ण तथा स्थायी अपाङ्ग भएका असक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा बिमितले प्राप्त गर्न सक्नेछन् । बीमाङ्क रकम १ अर्ब बराबर अथवा बढिमा पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा तथा बीमाशुल्क छुट लिन सक्नेछन् । यस योजनामा घातक रोग रक्षावरण सुविधा पनि बिमितले प्राप्त गर्न सक्नेछन् । यसमा ५० लाख सम्मको घातक रोग रक्षावरण सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।
सर्वश्रेष्ठ आजीवन बीमा योजना सावधिक तथा आजीवन जीवन बीमा योजना हो । बीमा अवधिसम्म मात्र होइन बीमा अवधि पश्चात पनि आर्थिक जोखिम बहन हुने यो जीवन बीमा योजनाको मुख्य विशेषता हो । बीमा अवधि समाप्ति पछि पनि आफूलाई आवश्यक परेको खण्डमा भविष्यमा प्राप्त हुने बीमाङ्क रकमको ऋण र समर्पणको सुविधा पनि लिन सकिने उत्कृष्ट विशेषता यस बीमा योजनामा भएको कारण तथा ८४ वर्षसम्म ढुक्कले बाच्न प्रेरित गर्ने यस योजनाले बीमा अवधि समाप्ति पश्चात पनि आर्थिक जोखिम बहनलाई निरन्तरता दिन्छ भने, बीमाशुल्क बीमा अवधिसम्म मात्र भुक्तानी गरे पुग्छ । त्यसैले जीवनभरको आर्थिक जोखिम बहन गरि आफू र आफ्नाका जीवनभर (८४ वर्षसम्म) जोखिम बहन गर्ने ‘सर्वश्रेष्ठ आजीवन बीमा योजना’ छनोट उपयुक्त हुनेछ ।


















