Dhulikhel Eco Banner new

काठमाडौँको विद्यालयमा रोजगारीको अवसर

6.21K
shares

काठमाडौँ, पुष १८ । काठमाडौँको एक विद्यालयमा शिक्षको आवश्यकता परेको छ । नेपाल वेदविद्याश्रम संस्कृत विद्यालयमा एक जना संकस्कृत व्याकरण शिक्षकको आवश्यकता भएको विद्यालयले जनाएको छ ।

निमावि तृतीय श्रेणीको करार शिक्षक आवश्यक भएको हो । उक्त करारका शिक्षकले तृतीय श्रेणीका शिक्षकले पाए सरहको सुविधा पाउने विद्यालयले जनाएको छ ।

परीक्षा लिखित र अन्तरर्वार्तात्मक परीक्षा दुवै माध्यमबाट हुने छ । परीक्षा शुल्कमा भाग लिन सात सय रुपैयाँ शुल्क लाग्ने विद्यालयले बताएको छ । आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट नव्यव्याकरण मूल विषय लिई उत्तर मध्यमा वा १२ कक्षा उत्र्तीर्ण हुनुपर्ने छ ।

आवेदन दिन उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । महिलाको हकमा भने ४० वर्ष सम्म हुने छ ।

योग्य व्यक्तिले माघ १८ विहीबार ४ बजे सम्म आवेदन दिन सक्ने छन् । अनुभविलाई विशेष ग्राह्यता दिने विद्यालयले जनाएको छ ।