Dhulikhel Eco Banner new

२/३ वटा कुरामा काठमाडौं भन्दा धरान अगाडि छ : मेयर बालेन

5.23K
shares

धरान, २० पुस । काठमडौँ महनगरपालिकाका मेयर बालेन्द्र शाहा (बालेल)ले काठमाडौँ भन्दा पनि धरान एक दुई वटा कुराले अगाडि रहेको बताएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क राज साम्पाङको निमन्त्रणामा ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा पुगेका बालेनले यस्तो बताएका हुन् ।

‘उममेयर ज्यूले भन्नु भो काठमाडौँ पछाडि २–३ वटा कुरामा धरान पछाडि छ भनेर’, बलेनले मन्तव्यको क्रममा भने, ‘तर काठमाडौं भन्दा २–३ वटा कुरामा अगाडि छ धरान ।’

बालेनले धरानमा भएको श्रम सस्कृति, सरकारले बजेट नदिएपनि आफैले भएपनि धरान बासीको विकास गर्ने शैलि, सफा धरान भएको बताएका थिए ।

धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको थियो । यसअघि यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए।

तर प्रचण्डको सचिवालयले व्यस्तताका कारण धराउन आउन नसक्ने जवाफ दिएपछि मेयर साम्पाङले कार्यकक्षबाट तस्बिर हटाइदिएको उनले बताएका थिए। अहिले साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्विर राखेका छन्।