कालिका पावर कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
वि.सं.२०८० पुस २० शुक्रवार १६:१२
shares

काठमाडौँ, २० पुस । कालिका पावर कमपनी लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कमपनीमा कायम रहेको चुक्ता पूँजी ७९ कारोड ३५ लाख रुपैयाँको आर्थिक वर्ष ०७९–०८० को संचित मुनाफाबाट सञ्चालक समितिको निर्णय बमोजिम १० प्रतिशतले बोनस वितरण गर्ने भएको हो ।
चुक्ता पूँजीको १० प्रतिशत आर्थात ७ करोड ९३ लाख ५० हजार बोनस वितरण गर्ने वार्षिक साधारणसभामा प्रस्ताव गरेको हो ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकको निणय अनुसार वार्षिक साधारणसभा गर्ने निर्णय भएको हो । उक्त सभामा बोनस वितरण गर्ने प्रताव पारित गर्ने भएको हो ।
कम्पनीले साधारणसभा पुस २८ गते विहान ११ बजे हुने जनाएको छ । सभा चितवनको को दियालो फुडल्याण्ड चितवन प्रालि भरतपुर महानगरपालिका–१० मा हुने कम्पनीले जनाएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आगामि आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र उसको पारिश्रमीक निधारण, सञ्चालक समितिको निर्णयहरु अनुमोदन लागयतको प्रस्तावहरु हरेको छ ।
साधारणसभामा भाग लिन चाहाने शेयर सदस्यहरुले आफ्नो परिचय पत्र लिएर आउनु पर्ने कम्पनीले बताएको छ । यदि कुनै प्रताव र कुनै शिर्षकमा कुरा राख्नु परेमा ७ दिन अगाडि कम्पनीमा लिखित बुझाउनु पर्ने छ ।
कम्पनीको ग्लासियर हाइड्रो प्रालि अन्तरर्गतको गारखा दरोदी खोलामा प्रस्तावित माथिल्लो दरौदी वि साना जलविद्युत आयोजना ८.३ मोघावट र माथिल्लो दरौदी सि साना जलविद्युत आयोजना ९.८२ मेघावट लगानि गर्ने सम्बन्धमा प्रस्ताव माथि छलफल र पारित गर्ने कम्पनीको भनाई छ ।

















