महंगी दर २५ महिना यताकै न्युन, के अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो ?
वि.सं.२०८० पुस २६ बिहीवार १९:११
shares

काठमाडौं, २६ पुस । मूल्य वृद्धिदर २५ महिना यताकै न्युन देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय रिपोर्टमा यस्तो देखिएको हो । कात्तिक महिनामा पछिल्लो २४ महिना यताकै न्यून ५.३८ प्रतिशतको मूल्य वृद्धिदर रहेको थियो । मंसिरमा यस्तो दर थप घटेको राष्ट्र बैंकले जनाएको छ ।
मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ। २०७९ को मंसिर महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४।८४ प्रतिशत रहेको छ।


















