Dhulikhel Eco Banner new

अर्थतन्त्र सकारात्मक दिशामा : महंगीदर घट्यो, अन्य सूचकमा पनि राम्रो सुधार

9.67K
shares

काठमाडौं, २६ पुस । मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा देखिएको छ । निकै संकटपूर्ण रहेको अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको नेपाल राष्ट्र बैंकको रिपोर्टले देखाएको हो ।

बिहीबार नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.६ प्रतिशतले र अमेरिकी डलरमा २४.५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै शोधनान्तर स्थिति रु. २१० अर्ब ५९ करोडले बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति रु.१७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

हेर्नुस् पूर्णपाठ