३ सय कृषि स्वयम सेवक तयार गरिने, स्थानीय तहलाई प्रोत्साहन अनुदान दिइने
वि.सं.२०७९ जेठ १५ आइतवार १६:२३
4.98K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष ३ सय कृषि स्वयम सेवक तयार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय बजेटको प्राथमिकतामा राखिएको बताए । गरिबी घटाउने, आत्मनिर्भर बनाउने यस्तो अभियान अघि बढाइने उनले बताए ।


















