Dhulikhel Eco Banner new

६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रियो

4.99K
shares

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको ६ महिना अर्थात दोस्रो त्रैमाससम्ममा ७ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार ७ अर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

चालु आवको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ ।