Dhulikhel Eco Banner new

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर आजबाट निष्काशन

4.1K
shares

काठमाडौं, १७ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर आज बिहिबारबाट निष्काशन भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । त्यस अनुसार कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयरको लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरेको थियो । माघ १४ गते नेप्सेमा लिस्टेट व्यक्ति वा कम्पनीले मात्र अरुणको हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रद शेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Follow Up

अरुण भ्याली हाइड्रोपावरको नाफा ५० प्रतिशतले कसरी घट्यो ?

अरुण भ्याली हाइड्रोपावरको नाफा ५० प्रतिशतले कसरी घट्यो ?