Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घाेषणा

4.69K
shares

काठमाडौं, १५ जेठ । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक धितोपत्र बजारमा १० प्रतिशत सेयर आरक्षित गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आव २०७९÷८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

‘वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काशनमा १० प्रतिशत सेयरको आरक्षण व्यवस्था गरेको छु’ अर्थमन्त्री शर्माले भने । शर्माले पूँजीबजारको विस्तार विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गर्दै आम लगानीको हक हित संरक्षण गरिने बताए । दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइने पनि उनले बताए ।