मध्यपहाडी राजमार्गलाई ९ अर्ब बजेट विनियोजन
वि.सं.२०७९ जेठ १५ आइतवार १९:२४
5.38K
shares
shares

काठमाडौँ, १५ जेठ । २६ जिल्लालाई सडक सञ्जालमा आबद्ध गर्न निर्माणधीन मध्यपहाडी राजमार्गमा आगामी आर्थिक वर्ष २३५ किलोमिटर कालोपत्रे र १६ वटा पुल निर्माण गर्न ९ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै हुलाकी राजमार्गको ३ सय किलोमिटर सडक कालोपत्रे र २४ वटा पुल निर्माण सम्पन्न भएको र थप ६७ वटा पुल निर्माण गरिने अर्थमन्त्री शर्माले बताए । जसका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको अर्थ मन्त्री शर्माले बताए ।


















