Dhulikhel Eco Banner new

पुवा खोला –वान हाइड्रोको असार १० गते साधारण सभा

4.69K
shares

काठमाडौं, १७ जेठ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले असार १० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले सभा युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभाको विशेष प्रस्तावमा प्रारम्भिक शेयर (आईपीओ) जारी गर्ने रहेको छ ।

त्यस्तै, आयु मलुन जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र आयु मलुन हाइड्रोपावरको नाममा हस्तान्तरण गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ती गरी सञ्चालक लागत कायम राख्ने, कम्पनीको आयोजना संरचना विक्री वा हस्तान्तरणको लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सम्पूर्ण काम कारबाहीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत रहेको छ ।