Dhulikhel Eco Banner new

काठमाडौंको टुडिखेलमा आजदेखि सीप मेला : एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने

5.69K
shares

काठमाडौं, १९ वैशाख । काठमाडौंमा आजदेखि सीप मेला शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार यो मेलामार्फत् एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको उनको भनाई छ ।

मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि महानगरले जानकारी दिएको छ ।