सुनको मूल्य तोलामा नौ सयले वृद्धि
वि.सं.२०८१ जेठ ७ सोमवार ११:४६
3.19K
shares
shares

काठमाडौं, ७ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य सोमबार तोलामा नौ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा सोमबारका लागि एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा सोमबारका लागि एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि सोमबार तोलामा ३० ले वृद्धि भएको छ । आइतबार एक हजार नौ सय १० मा कारोबार भएकामा सोमबारका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।


















