Dhulikhel Eco Banner new

प्राधिकरणले बक्यौता तिर्न नआएको भन्दै थप दुई उद्योगको लाइन काट्यो

3.47K
shares

काठमाडौं, २७ असार । नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटेको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ ।

बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने योजनाअनुसार दुई दिनअघि प्राधिकरणले तीन उद्योगको लाइन काटेको थियो ।