Dhulikhel Eco Banner new

पुँजी बजार सुधारका लागि संघर्ष समिति गठन, आन्दोलनको घोषणा

7.51K
shares

कठमाडौं, २१ जेठ । पुँजी बजार सुधारका लागि संघर्ष समिति गठन भएको छ । सतितिले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रम गर्ने घोषण गरेको हो ।

सरकारलेसाढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै सरकासँग १९ बुंदे माग राखेको छ ।

असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

काठमाडौको भृकुटीमण्डपमा जेठ २१ गते भएको एक सय जना भन्दा बढी लगानीकर्ताको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका विज्ञसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।