Dhulikhel Eco Banner new

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

4.77K
shares

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट मुक्त भएका छन् । प्रतिनिधि सभाबाट विस्वासको मत नपाएपछि प्रधानमन्त्री पदबाट प्रचण्ड स्वत पदमुक्त भएका हुन् ।

प्रधानमन्त्रीले शुक्रबार प्रतिनिधिसभामा विस्वासको मत मागेका थिए । जसमा ६३ जना सांसदले मात्रै उनलाई विस्वासको मत दिएका छन् । उनको विपक्षमा भने १९४ मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले मात्रै विस्वासको मत दिएका छन् । कांग्रेस–एमाले सहितका सांसदलहरुले उनको विपक्षमा मत दिएपछि प्रधानमन्त्रीबाट प्रचण्ड पदमुत्तः भएका छन् । कांग्रेस–एमालेबीच भएको सम्झौता अनुसार अब नयाँ प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनेछन् ।