Dhulikhel Eco Banner new

शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट, हेर्नुस् अन्य सूचक कस्ता ?

2.87K
shares

काठमाडौं, २७ साउन। शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा ५७.९ प्रतिशत घटेको छ । कम्पनीले २५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो सोही अवधिमा यस्तो नाफा ५९ करोड ४७ लाख रुपैयाँ थियो ।

नाफा घटेपछि कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ४ रुपैयाँ ९८ पैसामा झरेको छ भने १८९ रुपैयाँ २ प्रति सेयर नेटवर्थ छ । कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ७० करोड देखिन्छ भने बिक्री लागत अघिल्लो अर्थिक वर्ष ६ अर्ब ४६ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६७ करोड रहेको छ । अन्य आम्दानी पनि अघिल्लो आवमा ३६ करोड ३७ लाख रहेकोमा गत आवमा १९ करोड ८५ लाखमा झरेको छ ।

दोस्रो बजारमा भने यस कम्पनीको मूल्य बढ्दो क्रममा देखिन्छ । बिहीबार मात्रै १० प्रतिशत मूल्य बढेको यस कम्पनीको मूल्य प्रतिकित्ता ७०१ रुपैयाँ ८० पैसा पुगेको छ । वित्तीय खर्च अघिल्लो आवमा ९ करोड ६६ लाख रहेकोमा गत आवमा यो ४ करोड ८९ लाखमा झरेको छ ।