Dhulikhel Eco Banner new

सिन्धु विकास बैंकमा सीईओको माग

2.9K
shares

काठमाडौं, १९ भदौ । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को  मागेको छ । बैंकको व्यवस्थापनले रिक्त पदपूर्तिका लागि सीईओ पदमा दरखास्त आह्वान गर्दै आज एक सूचना जारी गरेको छ ।

बैंकको सूचनाका अनुसार उक्त पदका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तरको योग्यता तोकेको छ ।

बैंकले इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेद दिन आग्रह गरेको छ । आवेदनका साथ उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको व्यत्तिले आवेदन दिनुपर्ने जनाएको छ ।

वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ३ बर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ७ वर्ष काम गरेको हुनुपर्नेछ ।