Dhulikhel Eco Banner new

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

2.33K
shares

काठमाडौं, १९ भदौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी यी शेयर विक्रीमा ल्याएका हो ।

आवेदन कम्पनीको केन्द्रिय कार्यालय हेटौडा, मकवानपुरमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।