शेयर बजारमा उच्च अंकले गिरावट, कारोबार रकम पनि खुम्चियो
वि.सं.२०८१ भदौ १९ बुधवार १५:०७
shares

काठमाडौं, १९ भदौ । बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ९०.७३ अंकले घटेर २,७३९ को बिन्दुमा कायम भएको छ । यसदिन ३१ कम्पनीको बढ्दा २१३ कम्पनीको घटेको छ भने १ कम्पनीको स्थिर रहेको हो ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार १२ अर्ब ९२ करोड कारोबार भएको हो ।
यसदिन सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
गुडविल फाइनान्सको मूल्य ८.४ प्रतिशत घटेको छ भने हिमालयन पावर पार्टनरको ७.६, सुपरमाइ हाइड्रोपावरको ७.४, तारागाउँ रिजेन्सीको ६.९, सेन्ट्रल फाइनान्सको ६.५, स्वाबलम्बन लघुवित्तको ६.२ तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशत घटेको छ ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटेको छ ।


















