Dhulikhel Eco Banner new

कसरी हुन्छ शेयर बाँडफाँट ?

1.81K
shares

काठमाडौं, २० भदौ । सार्वजनिक रुपमा निष्काशित शेयरहरु धितोपत्र खरिदका लागि परेको दरखास्तको संख्या अनुसार शेयर बिक्री बन्द भएको ३० दिन देखि ५० दिनभित्र बाँडफाँट गरिन्छ ।

बाँडफाँट कार्य पश्चात बैंकमा रोक्का रहेको रकम मध्य शेयर प्राप्त गर्ने आवेदकको रकम कट्टा गरिन्छ भने शेयर नपरेका तथा माग गरे भन्दा कम शेयर प्राप्त गरेका आवेदकको रकम फुकुवा गरिन्छ ।

शेयर सूचीकरणका लागि बाँडफाँट भएको ३० दिनभित्र स्टक एक्सचेञ्जमा निवेदन दिइसक्नु पर्ने व्यवस्था छ । यसरी सूचीकरण भएपछि लगानीकर्ताले आफूले खरिद गरेको शेयरहरु धितोपत्र दलाल व्यवसायी मार्फत स्टक एक्सचेञ्जमा बिक्री गर्न सक्दछन्