Dhulikhel Eco Banner new

भगवती हाइड्रोपावरले गर्‍यो लाभांश घोषणा

2.54K
shares

काठमाडौं, २३ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँ बराबर बोनस शेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ बराबरको नगद लाभांश छन्।

असोज १६ गते नयाँ बानेश्वरमा कम्पनीको साधारणसभा बोलाइएको छ । असोज २ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज १ गतेसम्म यस कम्पनीको सेयर होल्ड वा खरिद गर्नेहरु लाभांश र साधारणसभामा भाग लिन हकदार हुनेछन् ।