Dhulikhel Eco Banner new

नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अगाडि बढिरहेको छ : अर्थमन्त्री

3.15K
shares

काठमाडौं, ५ असोज । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अगाडि बढिरहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्री विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोत रहेको उनले बताए । जलविद्युत् सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको उनको भनाइ छ ।

दिगो पर्यटनले प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्ने मार्ग प्रदान गर्ने भन्दै उनले इको(पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पुर्‍याउन, र भविष्यका पुस्ताहरूको लागि हाम्रो वातावरणलाई संरक्षण गर्न सक्ने बताए ।

उनले भने, ‘हाम्रो आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउनु पर्नेछ, विगतमा कुनै त्रुटि भएका छन् भने पनि अब हामी त्यसलाई दोहोर्‍याउन सक्दैनौं ।’

नेपालले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नै भन्दै उनले दिगो विकासको बाटो आवश्यक रहेको बताए ।