बैकिङ प्रणालीबाट ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
वि.सं.२०८१ असोज ६ आइतवार ११:४७
shares

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आइतबार बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरी दुई साताको लागि ३० अर्ब खिच्न लागेको हो।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले असोज ६ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन् । सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।
अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ।



















